श्रीमती हत्या गर्ने पाँच वर्षपछि पक्राउ

568
  •  
  •  
  •  

गौशाला, १२ मंसिर(ओएनएस) । श्रीमती हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।
जिल्लाको भंगाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साहलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।

श्रीमतीलाई विभत्स हत्या गरी फरार रहेका साहले भारतको उमगाँव शहरमा १३ महिना र कतारमा ३० महिना लुकेर काम गरेका थिए । ११ महिनादेखि जनकपुरधाममा अटो रिक्सा चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।


  •  
  •  
  •