श्रीलंकाले एडीबीबाट ६ करोड अमेरिकी डलर ऋण लिने

134
  •  
  •  
  •  

एजेन्सी । श्रीलङ्काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर ऋण लिन मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको छ।

सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

एडीबीको सहुलियतपूर्ण साधारण पुँजीगत स्रोतबाट ऋण उपलब्ध गराइने र चौथो किस्ताको कुल लगानी लागत ६ करोड ८५ लाख डलर अनुमान गरिएको छ । जसमध्ये ८५ लाख डलर सरकारले व्यहोर्ने सहमति भएको विभागले जनाएको छ ।


  •  
  •  
  •