श्रीलंकामा श्रृंखलावद्ध विस्फोट : मृत्यु हुनेको संख्या १३८ पुग्यो(अपडेट)

564
  •  
  •  
  •  

एजेन्सी । श्रीलंकामा इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा भएको श्रृंखलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ भने चार सय भन्दा बढी घाइते भएका छन् ।

यस्तै दुई सय भन्दा बढी घाइते भएका छन् । विस्फोटमा अन्य कैयौँ मानिसहरू हताहत भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोलम्बोका ३ चर्चसहित ३ होटलमा बस विस्फोट भएको हो । घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको छ ।


अहिलेसम्म प्राप्त जानकारीअनुसार श्रीलंकाका कम्तिमा पनि छ स्थानमा बम विष्फोट भएको छ । जसमध्ये कोच्चीकाड, नेगोम्बो र बाटिकोला चर्चमा ईस्टर सण्डेलाई लक्षित गरेर विष्फोट गराइएको थियो ।

यस्तै कोलम्बोका सुविधा सम्पन्न होटलहरु सांग्रिला, सिनामोन ग्राण्ड र किंङसबेरीमा पनि विष्फोट गराइएको बीबीसीले जनाएको छ ।

इसाई धर्मावलम्बीको प्रमुख पर्व ईस्टर सण्डे चलिरहेका बेला चर्च र होटलमा विष्फोट भएको हो ।
विष्फोटमा परी घाइते भएकाहरुको कोलम्बोका अलग–अलग अस्पतालहरुमा उपचार भइरहेको छ ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्त रहन जनतालाई अपिल गरेका छन् ।

सुरक्षाको उचित बन्दोबस्तका लागि सुरक्षाकर्मी खटाइएको र आक्रमणकारीको खोजी गर्ने उनले बताएका छन् ।
श्रीलंकाली मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाइएको छ ।

यो पनि हेर्नुहोस्

श्रीलंकामा श्रृंखलावद्ध विस्फोट हुँदा कम्तीमा ४९ को मृत्यु, ३ सयभन्दा बढी घाइते

श्रीलंकामा गिर्जाघर र होटलमा श्रृंखलावद्ध विस्फोट


  •  
  •  
  •