नारायहिटी दरबारमा रहेको श्रीपेच चोर्ने प्रयास, एक जना पक्राउ

66
  •  
  •  
  •  


काठमाडौं । काठमाडौं नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्ने प्रयास भएको छ । शुक्रबार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको छ । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको छ।

उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।


  •  
  •  
  •