काठमाडौंमा आइपुग्ने वित्तिकै राजापाक्ष लुम्बिनी प्रस्थान

105
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) : सार्क सम्मेलनमा सहभागी हुन सबैभन्दा पहिले श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष काठमाडौ.मा आइपुगेका छन् । श्रीलंकाको विशेष विमानबाट उनी बिहान सवा १० बजे विमानस्थलमा अवतरण गरेका छन् । ९स्३० बजे काठमाडौं ओर्लने भनेपनि केही समय ढिला काठमाडौं ओर्लिएका हुन्। बौद्ध धर्मावलम्बी राजापाक्ष विमानस्थलमा उत्रनासाथ लुम्बिनी भ्रमणमा निस्किएका छन् ।
लुम्बिनीमा आज श्रीलंकका राष्ट्रपति राजापाक्षेको भ्रमणका कारण लुम्बिनी भ्रमण गर्ने क्रममा सार्वसाधरण, श्रद्धालु, भक्तजन, पर्यटक लगायत सबैलाई रोक लगाइएको हो । बिशेष गरी भारत तर्फ बाट नेपाल प्रबेश गर्नेहरुलाई कडाई गरीएको छ ।

यस्तो छ कार्यक्रम

राष्ट्रपति महिन्दा राजापाक्षको लुम्बिनीमा करिब २ घण्टाको कार्यक्रम रहेको छ । उनीले मायादेवी मन्दिर पुगेपछि मन्दिर अवलोकन गरेर त्यहाँ करिब २० मिनेट पुजाआजा गने कार्यक्रम रहेको छ । त्यसपछि राजापाक्षले मन्दिरको विषेश पुस्तिकामा लुम्बिनी बारे आफ्नो व्यक्तिगत धारण लेखी हस्ताक्षर गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओम प्रसाद अर्यालले बताए । त्यससैगरी मन्दिरमा मायादेवी वृक्ष नजिक करिब २० मिनेटको उनको नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ ।

श्रीलंकन सरकारले निर्माण गरेको पुलको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै त्यसपछि लुम्बिनीको पर्सा चोकमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय अवलोकन गर्नेछन । विश्वविद्यालयको कार्यक्रममा सहभागी भएपछि उनी श्रीलंकन बिहारको अवलोकन गर्ने छन् र अन्तमा लुम्बिनीमा श्रीलंकान सरकारले निर्माण गरेको पिलिग्रिम्स गेष्ट हाउसको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •