श्रीलंकामा आज शोक मनाइँदै

313
  •  
  •  
  •  

एजेन्सी : श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटनपछि आज शोक मनाइँदैछ । देशका विभिन्न स्थानमा गिर्जाघर र होटेलमा आइतवार बम आक्रमणमा ३ सय १० जनाको मृत्यु भएको भइसकेको छ भने पाँच सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

थप आक्रमण हुन नदिन तथा शंकास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न देशमा संकटकाल घोषणा गरिएको छ ।
हताहत भएकामध्ये कम्तीमा ३६ जना विदेशी नागरिक छन् । बीबीसीका अनुसार घटनामा मृत्यु भएकाको अधिकांश व्यक्तिको मंगलबार अन्तिम संस्कार गरिँदैछ ।


  •  
  •  
  •