श्रीलंकामा श्रृंखलावद्ध विस्फोट हुँदा कम्तीमा ४९ को मृत्यु, ३ सयभन्दा बढी घाइते

360
  •  
  •  
  •  

एजेन्सी । श्रीलंकामा आइतबार बिहान इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा श्रृंखलावद्ध विस्फोट भएको छ ।

सो विस्फोटमा ४९ जनाको मृत्यु भएको छ भने तीन सय भन्दा बढी घाइते भएका छन् ।  विस्फोटमा अन्य कैयौँ मानिसहरू हताहत भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

श्रीलंकाली सञ्चारमाध्यमले भने ९९ जनाको मृत्यु भएको दाबी गरेका छन् । विस्फोटन लगतै प्रधानमन्त्रीले आपतकालिन बैठक बोलाएका छन् ।

कोलम्बोका ३ चर्चसहित ३ होटलमा बस विस्फोट भएको हो । बीबीसी सिन्हलाका अनुसार घटनामा कैयौँ मानिसहरू हताहत भएका छन् । घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको छ ।


  •  
  •  
  •