श्रीकृण्ण हनिमुनमै बिरामी पर्दा आकाश अधिकारीलाई चिन्ता

309
  •  
  •  
  •  

काठमाडौं, ६ साउन (ओएनएस)  : हनिमुन मनाउन भारतको जम्बु काश्मिर पुगेका नवविवाहित अभिनेता श्रीकृण्ण श्रेष्ठ बिरामी परेकाछन् । श्रेष्ठ पत्नी एवम् अभिनेत्री श्वेता खड्काले फेसबुक मार्फत श्रीकृण्ण बिरामी परेको जानकारी गराएकी हुन् । फेसबुकमा उनल लेखिन्,‘मेरो पती श्रीकृण्ण सुख्खा खोकीका कारण बिरामी पर्नुभएको छ । हामी तत्काल नेपाल फर्कन असमर्थ भएका छौ ।’ नेपाल फर्किए लगत्तै ‘कोहिनूर’को प्रमोशनमा जुट्ने समेत उनले उल्लेख गरेकीछन् ।

shree 1

 

असार २६ मा बिवाह बन्धनमा बाँधिएका श्री र श्वेता केही समय हनिमून यात्राका लागि भारत निस्किएका थिए । यही साता उनीहरु नेपाल फर्किने कार्यक्रम रहेको छ । बिहेदेखिनै बिरामी परेका श्रीकृण्ण श्वेताको साथमा एक महिनाका लागि घुम्न निस्केका थिए ।

उता कोहिनूरका निर्देशक आकाश अधिकारी भने श्रीकृण्ण जोडी नेपाल नफर्किएकोमा चिन्ता प्रकट गरेकाछन् । फेसबुक मार्फत उनले चाडै फर्किन आग्रह गरेकाहुन् । ‘साथी श्री र श्वेता चाडै फर्किनुस्, अव कोहिनूरको प्रमोशन गर्न ढिला भइसक्यो ।’


  •  
  •  
  •