शबयात्रा सहित सरकारी सम्मानका साथ श्रीकृष्णको अन्तेष्टि गरिदै

247
  •  
  •  
  •  

काठमाडौं २६ साउन (ओएनएस) : नेपाली फिल्मका नायक श्रीकृष्ण श्रेष्ठको आज सरकारी सम्मानका साथ अन्तेष्टि गरिने भएको छ। उनलेका शव काठमाडौं ल्याइदैछ । शवयात्रा सहित अन्तेष्टि गरिने कार्यक्रम रहेको छ । दिल्लीमा उपचारका क्रममा श्रेष्ठको निधन भएको थियो । श्रेष्ठको शव आज दिउँसो २ बजे एअर इन्डियन एअरलाइन्सबाट नेपाल ल्याइने र त्यसपछि शव यात्रा थालिने चलचित्र विकास बोर्डले जनाएको छ । चलचित्र विकास बोर्ड, चलचित्रसम्वद्ध विभिन्न संघ सस्थाको अगुवाइमा शव यात्रा हुने भएको हो ।

श्रेष्ठको शवलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल हुदै सिनामंगल, तिनकुने, नया वानेश्वर, माइतीघर, सिंहदरबार, पुतलीसडक हुदै कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिस्ठानमा पु¥याइने भएको छ । त्याह भण्डै तीन घन्टा श्रेष्ठको शवलाई श्रद्धान्जलीका राखिने र त्यसपछि साँझ पशुपति आर्यटामा अन्त्येष्टि गरिनेछ । स्वास्थ्यले साथ दिएमा प्रधानमन्त्री सुशील कोइरालले श्रेष्ठको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउन जानेछन् ।  श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै चलचित्र विकास बोर्डले आज चलचित्रसम्वन्धि सबै काम रोक्ने निर्णय गरेको छ ।

श्रेष्ठको निधनले प्रज्ञा प्रतिष्ठानमा चलिरहेको गाइजात्रा महोत्सव पनि दुई दिनका लागि रोकिएको छ । २०४५ सालबाट नेपाली चलचित्रको यात्रा सुरु गरेका श्रेष्ठले आफनत, आफ्नो मान्छे, ए मेरो हजुरलगायत एक सय भनदा धेरै चलचित्रमा अभिनय गरेका छन् । ४५ वर्षका नयाक श्रेष्ठले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र केहिनुर शुक्रबारबाट मात्रै प्रदर्शनमा आएको छ । श्रेष्ठले नायिका स्वेता खड्कासँग गएको असार २३ गते विवाहगरेका थिए  ।


  •  
  •  
  •