श्रीकृष्णलाई श्रद्धान्जली दिन गएका निराश भएर फर्के

285
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) :  नेपाल प्रज्ञा प्रतिष्ठानमा अनियन्त्रित भीड बढेपछि स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको शब श्रद्धान्जली कार्यक्रम आयोजना नगरी पशुपति आर्यघाट लगिएको छ ।

श्रीकृष्णलाइ श्रद्धान्जली दिन दिउसो देखिनै प्रज्ञा भवनमा भीड लागेको थियो । साझ अबेर श्रीकृष्णको शब पु-याइएपनि अनियन्त्रित भीडका कारण शव बहानबाट तल झार्न कठिनाइ परेको हो ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायत विभिन्न राजनीतिक दलका नेताहरुले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धान्जली दिन प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।

राप्रपा अध्यक्ष पशुपति शम्बेर जबरा, नेपाली कागे्रसका नेता अर्जुननंसिह केसी, नायक राजेश हमाल लगायत श्रीकृष्णलाइ श्रद्धान्जली दिन प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।

नायक श्रीकृष्णको श्रद्धान्जली कार्यक्रममा बढेको अव्यबस्थित भीडका कारण अध्यक्ष दाहाल लगायतका नेताहरु टाढै बाट पुष्पगुच्छा चढाएर फर्केका दिए ।


  •  
  •  
  •