श्रीलंका श्रृंखलाबद्ध बम विष्फोट : ज्यान गुमाएकाको सामुहिक अन्त्येष्टि शुरु

घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लियो
370
  •  
  •  
  •  

एजेन्सी । श्रीलंकामा आइतबार भएको श्रृंखलाबद्ध बम विष्फोटमा परि ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि गर्न शुरु गरिएको छ ।

मंगलबारदेखि सामुहिक अन्त्येष्टि पहिलो चरण शुरु भएको हो । श्रृंखलाबद्ध आठवटा विष्फोटमा मृत्यु हुनेको संख्या ३ सय १० पुगेको छ भने ५ सय भन्दा बढी घाइते भएका छन् । सामुहिक अन्त्येष्टि शुरु भएपछि सिंगो श्रीलंका यतिबेला शोकमा डुबेको छ ।

घटनाको दुईदिनपछि इस्लामिक स्टेटले आफ्नो आधिकारिक समाचार संस्थामार्फत घटनाको जिम्मेवारी लिएको हो ।
सो संगठनको आधिकारिक समाचारसंस्था अमाकले घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको थियो ।


  •  
  •  
  •