काठमाडौं, २३ असार (ओएनएस) : लामो पर्खाइ र प्रेम पछि अन्ततः अभिनेता श्रीकृष्ण र स्वेतालाई विवाहको जोडमा देख्न पाइएको छ । आज गौसाला स्थित होटल हिमालय इन्द्रेणीमा दुई प्रेमीले नयाँ सम्बन्ध गास्ने क्रममा छन् ।
श्रीकृष्ण नेवार परिवारका र स्वेता क्षेत्री परिवारकी छोरी भएकाले दुबै परम्परा अनुसार उनीहरुको बिहे भइरहेको छ । बिहान ११ वजे देखिे विवाह सुरु भएको थियो । पहिला नेवारी परम्परा अनुसार बिहे गरियो भने अहिले क्षेत्री परम्पराअनुसार बिहे गर्ने क्रम जारी छ ।
ओएनएस संवाददाता कबिन अधिकारीका अनुसार, कन्यादान दिने र गोडा धुने कार्यक्रम भर्खर सकिएको छ । अब केही बेरमा श्रीकृण्णले स्वेताको सिउदो सजाउने कार्यक्रम रहेको छ ।