श्रीकृष्णको आमाले अंगालो मार्दा…

138
  •  
  •  
  •  

मन बुज्दो रहेनछ तर बुझाउनु पर्दोरहेछ । आज, पाँचौं दिन मेरो मित्र स्वर्गिय श्रीकृष्ण श्रेष्ठको घर पुगें, ८३ वर्षिय आमाले मलाई अंगालेर रुंदै भनिन, ‘मेरो छोरो खै?’, ‘आमा, म पनि तपाईको छोरो हुँ’, भन्नु बाहेक अरु उत्तर मसंग थिएन । भगवानको लिला कसलाई के थाह । भगवान पशुपतिनाथले सम्पुर्ण शोकाकुल परिवार प्रति धैर्या धारणको शक्ति प्रदान गरुन । 

akasअभिनेता श्रीकृष्ण श्रेष्ठको असमायिक निधनले देश तथा विदेशमा रहनुहुने दर्शक एवं शुभचिन्तकलाई मर्माहित बनाएको छ । एक आत्मिय, अनि असल मित्रलाई गुमाउनु पर्दा म कति मर्माहित छु भन्ने भाव म शब्दमा व्यक्त गर्न सक्दिनं । म यति भन्न सक्छु देशले एउटा सच्चा, इमान्दार र लोकप्रिय कलाकार गुमाएको छ । भगवान संग यहि प्रार्थना गर्छु कि, मेरो मित्र श्रीको पुनरजन्म नेपालमा नै होस ।

shreeश्रीजीको शव यात्रामा उर्लिएको मानव सागरले उनको लोकप्रियता र उनि प्रतिको माया मापन गर्न सकिन्छ । नेपाली कलाकारप्रती दर्शकको माया, सम्मान र समवेदना कम छैन । मोफसलदेखि उपत्यका र बालक देखि वृद्धसम्म नेपाली कलाकार साँचैनै लोकप्रिय छन् भन्ने तथ्य श्रीजीको शव यात्रामा सहभागी मानव सागरले देखाउँछ र जसलाई दुःखद घडीमा पनि नेपाली चलचित्र क्षेत्रले गर्व गर्नु पर्छ जस्तो मलाई लाग्छ । श्रीजी, हामी बिच हुनुहुन्नं तर उहाँले अभिनय गरेका चलचित्रहरु हामीमाझ सदा अमर रहिरहनेछन् । प्रदर्शनरत चलचित्र ‘कोहिनूर’ श्रीजीको दोस्रो सविलय भेट, जुन अन्तिम उपहार भो । जुन फिल्मको कथा एवं निर्र्देशन गर्ने अवसर मलाइ प्राप्त भयो ।

निर्देशकको दाइत्व भनेको समाजको भावना र चाहनालाई आदर, सम्मान गर्दै चलचित्र निर्माम र प्रस्तुत गर्नु हो । श्रीजीको चाहना, सपना थियो एउटा सामाजिक सिनेमा बनोस, जसलाई मैले साकार पार्ने प्रयत्नगर्दै चेलिबेटी बेचबिखन विरुद्धको सन्देशमुलक सामाजिक चलचित्र कोहिनुर श्रीजीको निर्माण र मेरो निर्देशनमा बन्यो । स्रावन २३ गते शुक्रबार दर्शक, चलचित्रकर्मि र पत्रकार साथिहरुले कोहिनूरलाई मनपराउनु भएको कुरा श्रीजीलाई सुनाउन पायें तर शनिबार देखिको अपार सफलता उनलाई सुनाउन पाईन, जुनकुरा जिवनभर मेरो छातिमा गुम्सने भयो । कोहिनूर लाई साँच्चिकै चम्किलो हीरा कोहिनूर बनाई दिनुभएकोमा समस्त दर्शक माहनुभावहरु मा हार्दिक धन्यवाद ज्ञपन गर्द छु । 


  •  
  •  
  •