काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
काठमाडौंबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको थियो । त्यसपछि पाइलटले जहाजलाई काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका हुन् । जहाजमा यात्रु र चालक दलका सदस्य गरी ८७ जना व्यक्ति सवार थिए ।
अहिले जहाजलाई प्राविधिक टोलीले जाँच गरिरहेको र यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए ।