श्री ५ अम्बरेको सवारी हेर्न दलका नेता हलमा

594
  •  
  •  
  •  

काठमाडौं ७ मंसिर ।
पछिल्लो समय निकै अपेक्षा गरिएको चलचित्र श्री ५ अम्बरे शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। चलचित्र रिलिज भएको पहिलो दिनको पहिलो शो हेर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, एमाओवादी नेता लीलामणि पोखरेल लगायत कुमारी हल पुगेका थिए।

पहिलो दिन दर्शकबाट आएको प्रतिक्रियाबाट निर्माण पक्ष उत्साहित भएको छ। ‘चलचित्रलाई दर्शकले रुचाएको छ। पहिलो दिन दर्शकबाट प्राप्त फिडब्याकले हामीलाई उत्साहित बनाएको छ’, निर्माता टीएन आचार्यले भने। शुक्रबार ४८ वटा हलमा लागेको यो चलचित्र शनिबारदेखि ५२ हलमा लाग्ने बताइएको छ।

वास्तविक जीवनमा हेलाँका पात्र बनेका सडक बालबालिकाको जीवनकथालाई मुख्य विषय बनाइएको चलचित्र श्री ५ अम्बरे जीवनसाथी फि ल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो। टीएन आचार्य र दीपक आचार्यको लगानीमा बनेको यस चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी छन्।

चलचित्रमा गणेशकुमार श्रेष्ठको छायांकन, योगेन्द्र श्रेष्ठको द्वन्द्व, शिव विक, निर्मल लामा र नरेशवीर सिंहको नृत्य, अभिमन्यु निरवीको पटकथा रहेको छ। चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, यम बुद्ध, विक्रम सिंह, मतिन खान, राज गदाईली, लोकमणि सापकोटा, निरू खड्का, रिया श्रेष्ठ, सिर्जना अधिकारी, दिवाज राई, काजी रम्तेल आदिको अभिनय रहेको छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •