श्रीपञ्चमी पर्व मनाइँदै

640
  •  
  •  
  •  

काठमाडौं । आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरेर श्रीपञ्चमी पर्व मनाइँदैछ ।

श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । देशभरका सरस्वती मन्दिरमा आज भक्तजनको भीड लागेको छ । यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मीक विश्वास छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका कार्यगर्दा साइत हेर्नु नपर्ने मान्यता छ । श्रीपञ्चमी पर्वका अवसरमा आज शिक्षण संस्थामा विदा दिइएको छ ।


  •  
  •  
  •