मन्त्रीलाई कामदार पठाउनैमा जोड

469
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ (ओएनएस) : कुवेतमा रहेको नेपाली दुतावासले घरेलु कामदारका रुपमा गएका नेपाली महिलाको अवस्था भायावह भएको भन्दै निर्णय पुर्नविचार गर्न पटक पटक गरेको आग्रह श्रम मन्त्रालयले बेवास्था गरेको खुलेको छ ।

घरेलु कामदारका रुपमा कुवेत गएका महिला जोखिममा रहेको भन्दै पूर्ण सुरक्षाको ग्यारेन्टी नहुदाँसम्म रोक्ने आफ्नै निर्णय उल्टाउँदै श्रम तथा रोजगार मन्त्रालयले जेठ ३१ गतेसम्मको भिसालाई प्रमाणिकरण गर्न निर्देशन दिएपछि दुतावासले त्यसलाई पुर्नविचारका लागि परराष्ट्रमन्त्रालय मार्फत श्रममन्त्रालयलाई आग्रह गरेको थियो ।

तर, श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले आफ्नै निर्णय उल्टाएका छन् भने कुवेतमा रहेको नेपाली दुतावसले पठाएको महिला कामदारको दर्दनाक अवस्थाको जानकारीलाई बेवास्था गरेका छन् । उच्चस्तरीय भ्रमण टोलीले कुवेतका समकक्षीहरुसँग छलफल गरेर कामदारको सुरक्षाको ग्यारेन्टी गर्न दुतावासले गरेको आग्रह समेत मन्त्रालयले वेवास्था गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका रुपमा कुवेत गएका महिला जोखिममा रहेको भन्दै पूर्ण सुरक्षाको ग्यारेन्टी नहुदाँसम्म रोक्ने निर्णय गरेको थियो भने गत बैशाख ४ गतेको निर्णयपछि बैदेशिक रोजगार विभागले श्रमस्वीकृति वन्द गरेको थियो । एक हप्ता पहिले नै व्यवसायीलाई जानकारी गराएर कुवेतमा रहेको नेपाली दुतावासले भिषा प्रमाणिकरण राकेको थियो ।

तर, राज्य मन्त्री गुरुङले दुतावासले पठाएको पत्र पाएकै दिन कुवेतलाई छोडेर अन्य ६ मुलुकमा मात्रै घरेलु कामदार पठाउने निर्णय रोक्ने निर्णय गरेका छन् । दुतावासले भने भदौ ९ गते लेखेको पत्रमा भनेको छ,‘प्रमाणिकरण भएका भिसा बमोजिम कामदारहरु ल्याउने तर्फ नलागी समय व्यतित गरेर दुतावासको अनुरोध विपरित जेठ ३१ गतेसम्मको भिसा निकालेको हुँदा जेठ ३१ गतेसम्मको भिसा प्रमाणीकरण गर्ने निर्णय पुनर्विचार हुनुु उपयुक्त देखिन्छ ।’ राज्यमन्त्री गुरुङले भने ६/७ सयको भिसा लागिसकेकाले त्यसका लागि पछाडी हट्न नसकिने दाबी गरे । उनले भने,‘ अन्त सधैं वन्द सधैं खुल्ला होइन ६/७ सयको भिसा लागिसकेकाले पुर्नविचार गरिएको हो ।’
नेपाली महिला कामदारको कुवेतमा भएको अवस्थाबारे जानकारी गराउँदै निर्णय पुर्नविचारका लागि लेखेको पत्र यस्तो छ ।

04 o 3 o1 02


  •  
  •  
  •