श्रम स्वीकृति लिएका कामदारलाई जोन्सन खोप देऊ : श्रम मन्त्रालय

126
  •  
  •  
  •  

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई अनुरोध गरेको छ ।

श्रमले खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सिसिएमसीलाई जोन्सन खोप उपलब्ध गराउन आग्रह गरेको हो । प्रमुख गन्तव्य देशहरुले जोन्सनलाई मान्यता दिएको छ ।

नेपाली कामदारका प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली कामदार समेत रोजगारीमा जान पाएका छैनन् । चालू आर्थिक वर्षमा एकलाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै कामदार खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् ।


  •  
  •  
  •