युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीकाे गाेली हानी हत्या (अपडेट)

189
  •  
  •  
  •  

durga-tiwariकाठमाडौँ, ४ पुस (ओएनएस) :  गाेली प्रहारबाट गम्भीर घाइते भएका  नेकपा (एमाले) को भातृ संस्था युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीकाे मृत्यु भएको छ । 
घाइते तिवारीको उपचारको क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

….

नेकपा (एमाले) को भातृ संस्था युवा संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी मा तिवारीमाथि अपरिचित समूहले सोमबार दिउँसो गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएका तिवारीलाई उपचारका देवदह मेडिकल कलेज लगिएको रुपन्देहीका एसपी रवीन्द्र धानुकले जानकारी दिए ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य व्यापक रुपमा गर्न थालिएको उनले बताए ।

गोली प्रहार गर्ने व्यक्ति, गोली प्रहार गरिनुको कारण लगायतबारेमा तत्काल खुल्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार, मोटरसाईकलमा आएका २ जनाmले गोली प्रहार गरेका थिए ।


  •  
  •  
  •