सर्ट फिल्म फेस्टिवलको लागि आवेदन खुला

80
  •  
  •  
  •  

काठमाडौं, चैत(ओएनएस) : ल्यानकास्टर इन्टरनेसनल सर्ट फिल्म फेस्टिवलले २०१९ को लागि बिहीबारदेखि आवेदन खुला गरेको छ ।

फेस्टिवल अमेरिकास्थित पेन्सिलभेनिया राज्यको रमणीय सहर ल्यान्कास्टरमा प्रत्येक वर्ष हुने गर्दछ ।

विगत १२ वर्ष देखि निरन्तर चल्दै आएको छोटो फिल्म प्रदर्शनीको मेला विश्वकै प्रतिष्ठित मध्येको एक मानिन्छ ।

सन् २०१८ मा १००० सर्ट फिल्मको आवेदन परेको फेस्टिवलका निर्देशक माइकल हुबरले बताए ।

फेस्टिवलमा विभिन्न विधाका एक्सपेरिमेन्टल छोटो समयका फिल्म देखाइनुका साथै फिल्म र संस्कृति सम्बन्धी बहस चर्चा हुने फेस्टिवल निर्देशक हुबरको भनाइ छ ।

फेस्टिवल अक्टोबर २०–२२ (कार्तिक) मा हुने भए पनि फिल्म बुझाउने समय भने अहिले देखि नै खुल्छ ।


  •  
  •  
  •