सुपथ मूल्य पसल बुधवार देखि

127
  •  
  •  
  •  

काठमाडौं ३१ भदौ (ओएनएस) ःसरकारले बुधवारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।चाडपर्वमा उपभोक्ता नठगिउन भन्ने उद्देश्यका साथ प्रत्येक बर्ष सुपथ मूलय पसल सञ्चालन गर्दै आएको छ ।

देशभर ७१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएपनि ग्रामिण भेगका जनता सरकारको प्राथमिकता परेको देखिदैन । वाणिज्य मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्यसंस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेशनल ट्रेनिङ लिमिटेडलाई निर्देशन दिएको छ ।

साल्ट ट्रेडिङले काठमाडौंको सतुङगल,टेकु ,बल्खु सतुङगल ,कालिमाटीलगायत स्थानमा राख्ने भएको छ । उपत्यका बाहिर महेन्द्रनगर,दिपायल, डडेलधुरा,त्रिशुली, विर्तामोड,नारायणगढ,भैरहवा,विराटनगरलगायत स्थानमा राख्ने भएको छ ।

lentilsत्यस्तै खाद्यसंस्थानले थापाथली,नख्खु गोदाम,भक्तपुर,रामशाहपथ,बल्खु र जावलाखेलमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । त्यसैगरी नेशनल ट्रेडिङले टेकु र साल्ट ट्रेडिङ कोटेश्वरबाट उक्त परिणामको चामल र गहुँ बेच्ने तयारी गरेको छ ।

नेपाल दुग्ध संस्थानले लैनचौर तथा रामशाहपथमा सुपथ मूल्य पसल राखि छुट दिने भएको छ । हाल चिनीको बजार मूल्य प्रति केजी ६८ तोकिएको छ । दशैमा पाँच रुपैयाँ छुन दिने बताइएको छ । त्यस्तै नुनमा २ रुपैयाँ र घ्युमा प्रतिकेजी १० रुपैयाँ छुट प्रदान गरिने बताइएको छ ।

सुपथ मूल्य पसल असोज १५ गतेसम्म सञ्चालन गरिने बताइएको छ ।

 


  •  
  •  
  •