अज्ञात व्यक्तिद्धारा वीरगञ्जमा गोली प्रहार

479
  •  
  •  
  •  

काठमाडौं, १३ असाेज (ओएनएस) : वीरगञ्जमा सुतिरहेको एक ब्यक्तिमाथि गोली प्रहार भएको छ। वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।

साहलाई लक्षित गरी चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ। तर गोली नलागेकाले साह सकुशल छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो ।

साह भारत पूर्वीचम्पारण निवासी हुन्। उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी सत्यनारायण थापाले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिए । उनका अनुसार गोली प्रहार गर्ने अज्ञात ब्यक्तिको खोजी कार्य तिब्र पारिएको छ


  •  
  •  
  •