पूर्वगृहराज्यमन्त्री कँडेललाई गोली हान्ने प्रयास

190
  •  
  •  
  •  

devendra raj Kandelकाठमाडौ, १३ कात्तिक(ओएनएस) : पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई गोली हान्ने प्रयास भएको छ । नवलपरासीको बरेडवा दुबैलिया गाउँमा कार्यकर्ताहरूसँग बसिरहेको अवस्थामा उनीमाथी मोटरसाइकलमा आएका भारतीय सुटरले पेस्तोल ताकेका थिए ।

कंडेललाई पेस्तोल ताक्दै गर्दा उनका अंगरक्षकले उनीहरुलाई मोटरसाइकलबाट लडाएर नियन्त्रणमा लिएका छन् । नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार पेस्तोलसहित दुई भारतीय नागरिक उज्वल गर्तौला र जोगेन्द्र पासवान पक्राउ परेका छन् ।

भारतीय सूटरहरुले कसको योजनामा उनलाई हान्ने प्रयास गरेका हुन भन्ने नखुलेको उपाध्यायले बताएका छन् । उनका अनुसार कंडेल सुरक्षित रहेका छन् । उनीहरु चढेर आएको भारतीय यूपी ५३ ए ९८५६ नम्बरको मोटरसाइकल स्थानियले आगो लगाइदिएका छन् । कँडेलको घर भारतीय सिमानासँग जोडिएको महेशपुर बजारमा पर्दछ ।

माओवादी द्वन्द्वकालमा राजधानीमै आक्रमण हुँदा उनलाई ७ गोली लागेको थियो । मधेस आन्दोलन चर्केको बेला चार वर्षअघि उनको निवासमा आक्रमण भएको थियो ।


  •  
  •  
  •