शिवरात्रिमा पशुपति क्षेत्रमा ५ हजार प्रहरी परिचालन गरिने

91
  •  
  •  
  •  

काठमाडौं । शिवरात्रिमा पशुपति क्षेत्रमा ५ हजार प्रहरी परिचालन गरिने भएको छ ।  गैरकानुनी क्रियाकलाप नियन्त्रण र सुरक्षाका लागि प्रहरी पचिालन गर्न लागिएको हो ।

यस्तै सादा पोसाकमा सूचना संकलन र रिजर्भ फोर्स पनि तयारी अवस्थामा राखिएकोे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।

यसपटक फागुन ९ गते परेको शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा विदेशबाट भक्तजन आउने क्रम शुरु भएको छ । भीड धेरै हुने भएकाले चोरी, लुटपाट हुनसक्नेतर्फ प्रहरी सक्रिय भएको रानीपोखरका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।

प्रहरीले गैरकानुनी गतिविधि नियन्त्रणदेखि दर्शनका लागि पुग्ने भक्तजनको लाम मिलाउनेदेखि सवारीसाधन पार्किङ व्यवस्थापनमा पनि सघाउनेछ । पशुपति क्षेत्रमा प्रविधिबाट निगरानी, कुकुरसहितको सुरक्षा जाँचको तयारी गरिएको छ ।
सुरक्षा व्यवस्थापनका लागि कमान्ड पोस्टसमेत बनाइने छन् । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि सुरक्षामा खटिँदै आएको छ ।

गाँजा, भाङलगायत पदार्थ बेच्ने, सेवन गर्ने र बिक्री–वितरणमा पनि प्रतिबन्ध लगाइएको पोखरेलले बताए । कानुनविपरीतका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीको नाइ छ ।


  •  
  •  
  •