रायको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सदर

399
  •  
  •  
  •  

काठमाडौं,२० मंसिर (ओएनएस) :  सर्वाेच्व अदालतले सर्लाही ४ का बाम गठबन्धनका उम्मेदवार शिवपुजन रायको रिटमा अन्तरिम आदेश नदिँदा उनको उम्मेदवारी खारेज भएको छ ।

न्यायधिशद्धय डम्मरबहादुर शाही र दिपकराज जेशीको इजलासले निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजको निर्णय सदर गरेको हो । रायलाई कुटनीतिक राहादानी दुरुपयोगको अभियोगमा बिशेष अदालतले दोषी ठहर गरेको थियो । राय बिरुद्ध सर्लाहीका ४ का स्वतन्त्र उम्मेदवार गणेश कुमार सिंह र अनिल कुमार सिंहले कात्र्तिक १९ गते उम्मेदवारी खारेजीको उजुरी दिएका थिए । आयोगले फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार बन्न नपाउने प्रावधानका आधारमा उनको उम्मेदवारी खारेज गरेका थियो ।

आयोगले मंसिर ११ गते उम्मेदवारी खारेज गरेपछि रायले १२ गते सर्वाेच्वमा रिट हालेका थिए । सर्वाेच्वले आयोगको निर्यणलाई बुधबार सदर गरेको हो ।


  •  
  •  
  •