राजसंस्था भन्दा पनि पितृसंस्था बलियो रहेछ : डा.तुम्बाहाङ्फे

100
  •  
  •  
  •  

काठमाडौं । उपसभामुखबाट राजीनामा दिएकी डा.शिवमाया तुम्बाहाङ्फेले राजसंस्था भन्दा पनि पितृसंस्था बलियो भएको बताउँदै यसले आफुलाई अझ लड्न र अगाडि बढ्न उत्साह थपेको बताएकी छन् ।

सोमबार पदबाट राजीनामा दिए लगत्तै पत्रकार सम्मेलन गर्दै उनले राजीनामापछि आफूमा थप उत्हास आएको बताइन् ।

संसदलाई नेतृत्वविहीन अवस्थामा नराख्नका लागि आफूले राजीनामा नदिएको बताउँदै उनले सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवारको टुंगो लगायलगतै आफूले राजीनामा दिएको बताइन्।

उनले भनिन्, ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, ‘राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ।’ उनले थपिन् ‘संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुंगो लागेपछि मात्रै राजीनामा दिएकी हुँ ।’

‘नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेकी हुँ भन्दै उनले राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको बताइन् ।


  •  
  •  
  •