प्रधानमन्त्रीलाई भेट्न उपसभामुख तुम्बाहाम्फे अस्पतालमा

42
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपसभामुख शिवमाया तुम्बाहाम्फे अस्पताल गएकी छन् ।

फाइल तस्बिर

उपसभामुख तुम्बाहाम्फे प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामनाका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर पुगेकी हुन् ।

प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले ओलीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

स्वास्थ्यमा सुधार आउँदै गएपछि प्रधानमन्त्री ओलीलाई दिइएको ‘लाइफ सर्पोट सिस्टम’ क्रमिक रुपमा कम गर्दै लगिएको अस्पतालले जनाएको छ ।


  •  
  •  
  •