काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संसदीय कामकारबाहीमा विभेद यथावत् रहेको संकेत गरेकी छन् ।

संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले भनिन्, ‘समाजमा देखिएको महिला र पुरुष बीचको विभेद संसदीय अभ्यासमा देखिनु हुँदैन ।’
तेजाव आक्रमणको विषयमा सरकारले अध्यादेश मार्फत ऐन ल्याएको चर्चा गर्दै उनले सरकारले महिला महिलामाथि हुने यौनिक हिंसाविरुद्ध पनि कानुन निर्माण गर्न लागेको उल्लेख गरिन् ।
संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताउँदै संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारी प्रति खुसी व्यक्त गरिन् ।
उनले संसदले हाल सम्मका कार्यमा कति प्रगति भयो भनेर समिक्षा गर्नुपर्ने बताउँदै व्यबहार परिवर्तको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइन् । उनले ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउने विषयलाई प्राथमिकतामा राखिनुपर्ने बताइन् ।