डा.तुम्बाहाम्फेको अडानले सबैको शिर उच्चः महिला अधिकारकर्मी

698
  •  
  •  
  •  

काठमाडौं । जनप्रतिनिधिमुलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएको भन्दै महिला अधिकारकर्मीहरुले चासो प्रकट गरेका छन् ।

ललितपुरमा सोमबार आयोजित महिला अधिकारकर्मीहरुको भेलामा केही दिन देखि अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धि विषयमा गम्भिर छलफल भएको छ ।

जनप्रतिनिधिमुलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएकोप्रति गम्भिर चासो प्रकट गर्दै विधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिवेशनमा पास गर्नुपर्ने नागरिकता लगायतका विधेयकहरुप्रति विशेष चासो रहेको पनि भेलामा उल्लेख गरिएको छ ।

विगत लामो समयदेखि नेपालको महिला आन्दोलनमा संलग्न ७० भन्दा बढि महिलाहरुको सहभागिता रहेको उक्त भेलाले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले उपसभामुखको रुपमा लिएको अडानले सबैको शिर उच्च बनाएको निष्कर्ष निकालेको छ ।

उपसभामुखको रुपमा डा. तुम्बाहाम्फेले अहिले सम्म गर्दै आएको काममा कतै पनि विवाद नआएको र उनले आफुलाई प्राप्त जिम्मेवारीलाई इमान्दारी र कुशलताकासाथ निर्वाह गरेकोले अबको सभामुखमा उनलाई उपयुक्त ठानि सबै राजनीतिक दलहरुबाट विवेकपूर्ण निर्णय हुनेमा आफुहरु विश्वस्त रहेको जनाइएको छ ।

कार्यक्रममा महिला तथा मानव अधिकारकर्मी, कानून ब्यवसायी, पत्रकार तथा संचारकर्मी लगायत नागरिक समाजका विभिन्न अन्तर पुस्ता समेट्ने महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

भेलामा नेपालको राजनीतिमा महिलाको भूमिका, सहभागिता र योगदानको पुरावलोकन गर्दै जननिर्वाचित संस्था निर्माणका लागि ५१ प्रतिशत महिला नागरिकले मत प्रयोग गरेको स्मरण पनि गरेको छ ।

यो जटिल र महत्वपूर्ण समयमा न्याय र समानताको पक्षमा बोल्ने नागरिक समाजका प्रतिनिधिहरु, प्राज्ञिक ब्यक्तित्वहरु, राजनीतक विश्लेषकहरु, मिडिया, महिला तथा पुरुष राजनीतिकर्मीहरुको सह्राहना पनि गरिएको छ । साथै राजनीतिक महिला आन्दोलनको खोजी पनि गरिएको छ ।

यो पनि हेर्नुहोस्

आ–आफ्नै स्वार्थमा रोकियो सभामुख चयन

 

 

 


  •  
  •  
  •