नेकपा सचिवालय बैठकः उपसभामुख तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय

57
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको छ ।

फाइल फोटो

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
बैठकले सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै प्रवक्ता श्रेष्ठले भने, ‘यसका लागि हाम्रो पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ ।’

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन् । नेकपाका अध्यक्षद्धयसँग भएको भेटमा तुम्बाहाम्फले आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने, नभए सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया शुरु गर्ने अडान लिएकी थिइन् ।

सचिवालय बैठकमा नेताहरुले उपसभामुखको अडान उपयुक्त नभएको धारणा राखेका थिए । तर सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने कुनै छलफल नभएको नेताहरुले बताएका छन् ।

तर अध्यक्षद्वय ओली र प्रचण्डका पनि आफ्नै उम्मेदवार छन् । ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका छन्

प्रतिनिधिसभा बैठक आइतबार डाकिएको छ ।


  •  
  •  
  •