कर्जन्हामा कम्बल वितरण

1022
  •  
  •  
  •  

 

सिरहा, २६ पुस (ओएनएस): बढ्दै गएको जाडोलाई दृष्टिगत गर्दै कर्जन्हा नगरपालिकामा कम्वल वितरण गरिएको छ ।

एकसाता भन्दा लामो समयदेखि चलेको शितलहरले प्रभावित भएपछि नगरपालिकाका वडा न-६ र ७ मा कम्मल बितरण गरिएकाे हाे । बढि जाेखिममा रहेका वृद्धवृद्धा, दलित, बिपन्न परिवारहरुलाई मंगलबार कम्वल वितरण गरिएको हो । नगरपालिकाले वडा न- ६ मा ७० थान र वडा न- ७ मा ५० गरी जम्मा १ सय २० घरपरिवारलाई कम्मल बितरण गरिएको  कर्जन्हा नगरपालिका प्रमुख गंगा पासमानले बताए । प्रतिपरिबार एक थानका दरले कम्बल बितरण गरेको हो ।

बडा नम्बर ६ का वडा अध्यक्ष जगदिश महतोको अध्यक्षमा भएको एक कार्यक्रममा नगरपालिकाका मेयर गंगा पासमान र उपमेयर ज्ञानु श्रेष्ठ लगायत बिभिन्न सरोकारबालाहरुको उपस्थित मा कम्मल बितरण गरिएकाे थियो ।


  •  
  •  
  •