४५० सवार जहाज समुद्रमा डुब्दै, उद्धारकार्य जारी

428
  •  
  •  
  •  

काठमाडौं, ३ बैशाख (बीबीसी) : दक्षिण कोरियाबाट प्राप्त समाचार अनुसार त्यहाँ एक पानीजहाज डुब्दैछ । जसमा लगभग ४ सय ५० जना यात्रु सवार छन् ।
यो पानी जहाज देशको दक्षिण पश्चिमी समुद्र तट नजिकै पानीमा डुब्दैछ । कोरियाली तटरक्षकका अनुसार उक्त राहातपोत पानीजहाज विस्तारै ढल्कदैछ ।
तर कतिपय दक्षिण कोरियाली मिडियाले पानीजहाज पूर्णरुपमा डुबिसकेको समाचार प्रसारण गरेका छन् ।
उद्धार कार्यमा हेलिकोप्टरको प्रयोग गरिएको छ । अहिलेसम्म एउटा लाशपनि निकालिएको छ । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार जहाजमा धेरै जसो स्कूले बालबालिका सवार छन् ।
दक्षिण कोरियाली तटरक्षक सेनाका प्रवक्ताले एएफपीलाई भनेका छन् ‘पानीजहाजमा पानी भरिने क्रममा छ, हामीले कोष्टगार्ड पोत, व्यवसायिक पोत र हेलिकोप्टरको सहयोगमा उद्धारकार्य जारी राखेका छौँ ।’
दक्षिण कोरियाका समाचार संस्थाहरुले अहिलेसम्म जहाजबाट एक सय ६० जनामात्रै बाहिर निस्कन सफल भएको जनाएका छन् ।

  •  
  •  
  •