गाउँगाउँमा सिंहदरबार पुगेकाे नारा सफल हुने : प्रम ओली

284
  •  
  •  
  •  

काठमाडौं, १७ चैत (ओएनएस) : प्रधानमन्त्री केपीशर्मा ओलीले स्थानीय तहमा ५७ हजार २ सय ५४ कर्मचारी पठाउने सरकारले निर्णय गरेसँगै कर्मचारी अभाव समाधान हुने दावी गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय तहका लागि खटाइएका कर्मचारी तोकिएको स्थानमा जान थालेको जनाउँदै गाउँ गाउँमा सिंहदरबारको नारा छिटै सफल हुने उद्घोष समेत गरे ।

राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे नगरे भन्ने कुराको प्रत्यक्ष जानकारी लिन समेत उहाँले जनप्रतिनिधिलाई निर्देशन दिए ।

स्थानीय तह सफल भएमा मात्रै मुलुक सफल हुने भन्दै जनप्रतिनिधिलाई भ्रष्टाचार भन्दा पनि त्यसको उन्मुलन गर्नेतर्फ लाग्न प्रधानमन्त्री ओलीले कडा निर्देशन दिए।


  •  
  •  
  •