शिखर वार बुदोकैदो यसैसाता

350
  •  
  •  
  •  

काठमाडौं । नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता कात्तिक ११ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय ५० खेलाडीको सहभागिता संघका उपाध्यक्ष वीरकृष्ण महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
पुरुषमा ९ र महिलामा २ गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि र खुला तौलसमूह स्पर्धा समावेश छन् । महिलामा ४५ केजीमुनि र खुला तौलसमूहमा भिडन्त हुने छ । पुरुष-महिला खुलामा पहिलो हुनेले १ तोला सुनको पदक तथा दोश्रोले ५ तोलाको चाँदीको पदक प्राप्त गर्ने छन् । बाँकी हरेक स्पर्धाको विजेताले ५ हजार, उपविजेताले ३ हजार तथा तेश्रोले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरु काठमाडौंको बसन्तपुर डबलीमा हुनेछ ।


  •  
  •  
  •