२ केजी सुन र १ हजार युरोसहित एक पक्राउ

177
  •  
  •  
  •  

काठमाडौं, १६ मंसिर (ओएनएस) : अवैध सुन राख्ने एकलाई केन्द्रिय अनुशन्धान व्युरोले पक्राउ गरेको छ ।

२ केजी सुन र १ हजार युरो सहित सोलुखुम्वुका दालाक्पा शेर्पा पक्राउ परेका हुन् । अबैध रुपमा सुनको ओसर पसार भइरहेको  भन्ने विशेष सुत्रबाट जानकारी प्राप्त भएपछी पक्राउ गरिएको बताइएको छ ।

व्युरोले काठमाडौंको बौद्व स्थित  किराना पसलमा भन्सार छली अवैध रुपमा राखिएको सुन तथा विदेशी मुद्रा बरामद गरेको हो ।

उनलाई कानुनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पुलचोकमा पेस गरिएको व्युरोले जानकारी दिएको छ ।


  •  
  •  
  •