काठमाडौँ, २६ चैत(ओएनएस) : नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा शेरबहादुर केसी विजयी भएका छन् ।
आज सम्पन्न मतदानको मतपरिणामपछि लोकतान्त्रिक समूहका केसीले विजय हासिल गरेका हुन् । उनले प्रगतिशील समूहका उम्मेदवार विजयकान्त मैनालीलाई पराजित गरेका हुन् ।
अध्यक्ष पदसहित लोकतान्त्रिक समुहले १९ पदमा विजय हासिल गरेको च भने ६ पदमा प्रगतिशील समूहले विजय हासिल गरेको छ । ६ जना उपाध्यक्ष मध्ये ४ जना केसी समूहका विजयी भएका छन् । महासचिव र कोषाध्यक्षमा पनि केसी समूहकै उम्मेदवार वियज भएका छन् ।
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जना प्रतिस्स्पर्धामा थिए । मतदानमा सात हजार ८४५ मत खसेको थियो ।