सेयर बजारमा साताकाे पहिलाे दिन नै ब्यापक उछाल

४४‍.२६ बाट परिसूचक १२९४.६५ मा पुग्दा झन्डै एक अर्बको कारोबार
452
  •  
  •  
  •  

काठमाडौं, २५ चैत (अाेएनएस) : साताकाे पहिलाे दिन नै आइतबार सेयर बजार ब्यापक उछाल आएको छ । अस्तिकाे तुलनमा नेप्से परिसूचक ४४.२६ अंकले बढेर १२९४.६५ अंकमा पुगेको छ । सबै उपसूचक बढेका छन् । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभरिमा १७६ वटा कम्पनीको २३ लाख १२ हजार आठ सय ६५ कित्ता सेयर १० हजार सात सय ४६ पटक खरिदविक्री हुँदा ९१ करोड ७७ लाख आठ हजार नौ सय ५९ रुपैयाँको कारोबार भएको छ ।

बीमा समूह ३५८.१ अंकले बढेको छ । त्यसतै बैंकिङ ३३.२६, व्यापार ७.६, होटल८२.५४, विकास बैंक २४.८८ बढेकाे छ। त्यस्तै जलविद्युत् ७२.५६, फाइनान्स१०.०६, उत्पादनमूलक ५२.१३,लघुवित्त समूह ८५.६६ र अन्य १५.९४ र अंकले बढेका छन् ।

नविल बैंकको सबैभन्दा धेरै तीन करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ । नेको इन्स्योरेन्सको एक करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

सूर्योदय लघुवित्त र महुली सामुदायिक लघुवित्तका सेयरधनीले आइतबार १० प्रतिशतका दरले कमाएका छन् ।  प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त, निर्धन उत्थान बैंक, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, अरुण काबेली पावर, हाम्रो विकास बैंक लगायतका सेयरधनीले नौ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।


  •  
  •  
  •