कांग्रेसको बलियो प्रतिपक्ष : देउवा

157
  •  
  •  
  •  

पोखरा, १ माघ(ओएनएस) : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सरकारलाई सही ढंगले चलाउनका लागि खबरदारी गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले सरकारको राम्रो कामलाई समर्थन गर्ने र नराम्रो कामको विरोध गर्ने बलियो प्रतिपक्षी आवश्यक रहेको भन्दै त्यो प्रतिपक्षी कांग्रेस नै हुने बताएका छन् । उनले कांग्रेस सरकारमा जान हतारो नगर्ने बताएका छन् ।

सीमांकन र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने मधेसी मोर्चाको माग कांग्रेसले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावले पुरा गर्ने दावी गरेका छन् । संविधान संशोधन विधेयक पारित भएपछि मधेसी मोर्चाको माग पुरा हुने र देशको स्थिति सामान्य अवस्थामा फर्कने उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसको आसन्न तेह्रौँ महाधिवेशन पार्टी एकता र संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले लामो समयदेखि जनप्रतिनिधिहरुबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा भएको विचार व्यक्त गरे ।

उनले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यबाट बनेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएको टिप्पणी गरे ।

युनियनका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


  •  
  •  
  •