नेप्से २४ सय ४० विन्दुभन्दा माथि

62
  •  
  •  
  •  

काठमाडौं । शेयर बजार परिसूचक नेप्से १६ दशमलव शून्य चार अङ्कले बढेर २४ सय ४० दशमलव ८७ विन्दुमा पुगेको छ ।
सोमबार बैंक, व्यापार, निर्जीवन बीमा र अन्य समूहको शेयर बढेको छ भने जलविद्युत्, विकास बैंक, होटल, फाइनान्सलगायत समूहको शेयर घटेको छ । बैंक समूहको शेयर २५ अङ्कले, व्यापारको ९० र निर्जीवन बीमा समूहको शेयर ७९ अङ्कले बढेको छ ।

सोमबार दुई सय आठ कम्पनीका एक करोड ९२ लाख ८५ हजार कित्ता शेयर आठ अर्ब ९० करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

साेमबार नागरिक लगानी कोषका शेयरधनीले १० प्रतिशत र अरू पाँच वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।


  •  
  •  
  •