झण्डै २६ अङ्कले बढ्यो शेयर बजार

71
  •  
  •  
  •  

काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से झण्डै २६ अङ्कले बढेको छ । जलविद्युत र म्युचल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २५ दशमलव ९८ अङ्कले बढेर १६ सय ७८ दशमलव ७९ विन्दुमा पुगेको हो ।

मङ्गलबार जीवन बीमा समूहको शेयर ४ सय ७६ अङ्कले बढेको छ । यस्तै निर्जीवन बीमा समूहको १ सय ६० अङ्कले, व्यापार समूहको शेयर १ सय ९ अङ्कले, होटलको ८७ अङ्कले, अन्य समूहको ४८ अङ्कले, उत्पादनको ४० अङ्कले र बैंक समूहको शेयर ७ अङ्कले बढेको छ ।

मङ्गलबार १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । साल्ट ट्रेडिङ र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।


  •  
  •  
  •