२७ अंकले बढ्यो नेप्से

47
  •  
  •  
  •  

काठमाडौं । नेप्से सूचकले मंगलबार पनि २८ अंकले बढेर अलटाइम हाइको नयाँ रेकर्ड बनाएको छ।
नेपाल स्टक एक्सचेञ्जले पछिल्लो पाँच दिनमा १०२.२३ अंकले बढेर नयाँ रेकर्ड बनाएको हो । गत मंगलबार २१६५.५० विन्दुमा बन्द भएको नेप्से सो पश्चात लगातार बढेर मंगलबारसम्ममा २२६७.७३ विन्दुमा पुगेको छ।

बजार सुधारको सुरुवाति चरणमा बढेका नेपाल पुनर्बिमा कम्पनी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा सुधार भएको छ।
सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रममा ८२५ रुपैयाँ कायम भएको छ।

नेप्से सूचक २८ अंकले सुधार हुँदापनि ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ। व्यापारको सूचकबाहेक सम्पूर्ण सूचकमा सुधार देखिएको छ। कुल १२९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटाको मूल्यमा भने गिरावट आएको छ।


  •  
  •  
  •