काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक ९५ अंकले बढेको छ । मंगलबार नेप्से सूचक ४.८६ प्रतिशतले बढेर २०६१.४२ विन्दुमा पुगेको छ।

राजनैतिक गतिविधिका कारण गत आइतबार केही करेक्सन देखिएको बजार सोमबारबाटै पुनः बढ्न थालेको थियो। मंगलबार पनि बजार खुलेदेखिनै उकालो लागेको नेप्से रेकर्ड नजिक पुगेर बन्द भएको हो।
मंगलबार २०५ वटा कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ६ अर्ब ७४ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। कारोबारमा आएका १५९ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। ८ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।