सुटिङ बिथोल्दै शाहरुखका छोरा

556
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस) : बलिउड अभिनेता शाहरुख खान आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी न्यू इएर’  को सुटिङमा व्यस्तछन् । धमाधम सुटिङ भइरहेको उनको स्टुडियोमा एकाएक सुटिङ रोकियो । सबैको ध्यान शाहरुखको ‘एक्सन कट’ भन्दा सुटङ स्थलमा एकाएक भित्रिएका पाहुना माथि पर्न गयो । काम गरिरहेका सबै कर्मचारी उनीसँग खेल्न, हास्न र एकछिन रमाउनमा मस्त रहे ।

abram

उनी अरुकोही नभएर शाहरुखकै कान्छा छोरा ‘अब्राहम’ भएको संचारमाध्यमले जनाएको छ । सुटिङ अबधिभर अब्राहम सबैको आकर्षणको केन्द्र बन्न पुगे । इन्डिया टाइम्सका अनुसार, भर्खरै मात्र एक बर्ष पुगेका अब्राहमको डिम्पल उनकै बुबाको जस्तो छ । ‘उनका डिम्पलले धेरै कुरा भन्छ’, श्रोतले भन्यो, ‘उनी शाहरुखकै सन्तान हुन भन्नेमा सबैजना ढुक्क हुनसक्छन् ।’ शाहरुखले अब्राहमलाई ‘सरोगेट मदर’को सहयोगबाट जन्माएका हुन । त्यसमा पनि सन्तान जन्माउने दौरानमा ‘लिङ’ परिक्षण गरेका कारण शाहरुख बिवादमा परेको थिए ।


  •  
  •  
  •