नेप्से परिसूचक हजार नजिक

363
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस) । संविधानसभा निर्वाचन सम्पन्न भएलगत्तै बढ्न लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से १ हजार बिन्दुको नजिक पुगेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेर नेप्से ९ सय ८६ बिन्दुमा पुगेको हो । शेयर विश्लेषकहरुले यसै आर्थिक वर्षको अन्त्य सम्ममा नेप्से १ हजार ५० विन्दुसम्म पुग्न सक्ने अनुमान गरेका थिए ।

साताको पहिलो दिन आइतवार नेप्से १३ दशमलव ४९ अंकले बढेर ९ सय ८६ दशमलव ३४ बिन्दुमा पुगेको हो । यही अनुपातमा बृद्धि भए सोमबार नै नेप्से हजार विन्दुमा पुग्नेछ । बीमा समूहमा १ सय ८७, जलविद्युत समूहमा ५० अंक सहित सबै सूचांक बढ्दा समग्र नेप्सेमा उछाल आएको हो ।

नेप्से बढेसंगै शेयर बजारमा कारोबार पनि बढेको छ । आइतबार १ सय ४६ कम्पनीका ४ हजार ५७ कारोबारबाट ६९ करोड १२ लाख बराबरका शेयर खरिद बिक्री भएका छन् ।
नेप्सेमा देखिएको बृद्धि ५ वर्षपछिको सर्बाधिक धेरै हो । २०६५ असोजमा नेप्से १ हजार ४ बिन्दुमा थियो । उदारवादी अर्थ व्यवस्थाको पक्षधर नेपाली कांग्रेस नेतृत्वको सरकारले बजेट ल्याउने तयारी गर्दैगर्दा शेयर बजारमा उछाल आएको हो ।


  •  
  •  
  •