शेयर बजारमा छलाङ, नेप्से दोहोरो अंकले बढ्यो

327
  •  
  •  
  •  

काठमाडौं, १ असार (ओएनएस) । सरकारले संसदमा बजेट ल्याउने तयारी गर्दै गर्दा शेयर बजारमा छलाङ देखिएको छ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से २३ दशमलव १४ अंकले बढेर ९ सय २७ दशमलव ७५ विन्दुमा पुगेको छ ।
बैकिङ समूहमा ३४ अंकको सुधार आउदा समग्र नेप्से उकालो लागेको हो । आइतबार होटल समूह बाहेक अन्य सबै सूचकमा सुधार आएको छ । नेप्से बढेसंगै ‘क’ बर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ५४ अंकले बढेर २ सय बिन्दुमा पुगेको छ ।


  •  
  •  
  •