काठमाडौं ३ माघ (ओ्एनएस) : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिलेसम्मकै उच्च विन्दु १२१२ मा पुगेको छ । राजनीतिक निकास र पुनःनिर्माण प्रारम्भको प्रभावका रुपमा विज्ञहरुले अथ्र्याएका छन् ।
साताको पहिलो दिन आइतबार परिसूचक २१.८४ अंकले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता सहमतिमा पुग्ने, भूकम्पपछिको पुनःनिर्माण प्रक्रियाले निकास पाउने र अर्थतन्त्रले गति लिने अपेक्षाले लगानीकर्ता सेयरबजारमा आकर्षित भएको हुन सक्ने सेयर बजार विश्लेषकहरुको भनाइ छ ।