नेप्से १२ अंकले बढ्यो, ८३ करोडको कारोबार

252
  •  
  •  
  •  

Nepse exchange
काठमाडौं, २२ भदो (ओएनएस) : विहीबार नेप्से परिसुचक ११.९४ अंकले बढेको छ। नेप्से १५६६।५० अंकमा अड्यो ।

आज १ सय ६४ कम्पनीका १६ लाख ४३ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । आइतबार ८३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूह ११।८१, होटल समूह २२।०३, विकास बैंक २०।६९, जल विद्युत समूह ३।०४, वित्तिय समूह १।२, बीमा समूह ५५।२५, अन्य समूह ९।२५ अंकले बढेको छ ।

आज उत्पादन मूलक समूह ४८।०२ अंकले घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ७ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

यस्तै, आरएसडीसी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ९।९४ प्रतिशतले कमाएका छन् । सिद्धार्थ इनक्यूटी ओरिन्टेड स्किम र नगडी ग्रुप पावरका लगानीकर्ताले ८।७९ र ८।२७ प्रतिशतले गुमाएका छन् ।


  •  
  •  
  •