सेयर बजार साढे ४ अंकले बढ्दा १ अर्ब बढीको कारोबार

196
  •  
  •  
  •  

share market
काठमाडौं, २२ साउन (ओएनएस) : आइतबार नेप्से परिसुचक ४ दशमलब ४७ अंकले उकालो लागेको छ । सेयर बजार १६ सय ६५ अंकमा पुगेर बन्द भएको हो ।

अधिकांश समुहको परिसुचक ओरालो लागेपनि सेयर बजारमा बढी प्रभाब रहेको बैंकिङ, उत्पादन र अन्य समुहले सकारात्मक प्रभाब पार्यो ।

उत्पादन समुह १७ दशमलब ६९, बैंकिङ ११ र अन्य समुहको परिसुचक ५ दशमलब ७९ अंकले बढेको छ । यता बीमा, होटल, जलविबद्युत, फाइनान्स र विकास बैंक समुहको परिसुचक भने क्रमशः ५० दशमलब २७, ३४ दशमलब १९, १६ दशमलब ३३,६ दशमलब ९३ र ३ दशमलब १३ अंकले ओरालो लागेको छ ।

आइतबार कित्ता सेयर किनबेचबाट एक अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावरको ८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १ सय ५९ ओटा कम्पनीको ३२ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको थियो ।


  •  
  •  
  •