शेयर बजारमा उछाल

348
  •  
  •  
  •  

काठमाडौं, १८ असार (ओएनएस) । व्यबस्थापिका संसदवाट सरकारको नीति तथा कार्यक्रम पारित हुने दिन शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । साताको चौथो दिन नेप्से १५ दशमलव ८८ अंकले बढेर ९ सय ७२ दशमवल ४८ बिन्दुमा पुगेको छ ।

बैकिङ, बिमा, जलबिद्युत लगायतका सूचकांकमा आएको सुधारका कारण नेप्सेमा उल्लेख्य सुधार आएको हो । बुधवार विमा समूहमा १ सय ८० अंकको सुधार आएको छ । नेप्से बढेसंगै ‘क’ बर्गका कारोवार मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २७ अंकले बढेर २ सय ७ दशमलव २७ बिन्दुमा पुगेको छ ।  बुधवार १ सय ३९ कम्पनीका ३ हजार ९ सय ८६ कारोबारवाट ७४ करोड ५३ लाख बराबरका शेयर खरिद बिक्री भएका छन् ।


  •  
  •  
  •