बजेटको भोलीपल्ट शेयर बजार ओरालो

258
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएनएस) । पूँजीबादी अर्थतन्त्रका हिमायती नेपाली कांग्रेस र उदारवादी अर्थतन्त्रको पक्षधर नेकपा एमाले नेतृत्वको संयुक्त सरकारले बजेट सार्वजानिक गरेको भोलीपल्ट शेयर बजार ओरालो लागेको छ ।

संसद्मा बजेट प्रस्तुत गर्ने दिन आइतवार झण्डै १४ अंकले बढेको शेयर बजार सोमबार ओरालो लागेको हो । आठ दशमलव ४ अंकले घटेर नेप्से सोमबार १ हजार २८ दशमलव ९४ बिन्दुमा झरेको छ । बीमा र जलविद्युत समूहका परीसूचक सबैभन्दा धेरै ओरालो लागेको छ । ‘क’ बर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८६ अंकले घटेर २ सय २० बिन्दुमा रोकिएको छ ।

नेप्से घटे पनि सोमबार शेयर बजारमा ४८ करोड ७७ लाख बराबरका शेयर खरिद बिक्री भएका छन् । यसअघि बजेट पेशगर्ने क्रममा अर्थमन्त्री डा रामशरण महतले सरकार गठनको समयमा ८ सय ३ बिन्दुमा रहेको नेप्से १ हजार बिन्दु भन्दा माथि जानु अर्थतन्त्रमा आएको सुधारको संकेतको रुपमा व्याख्या गरेका थिए ।


  •  
  •  
  •